प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

पर्वत, कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने मना श्रीसको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ छमर्के बस्ने ४५ वर्षीय गंगा बहादुर मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मना श्रीसको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार १ सय ७० रुपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार