प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका-३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका- १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका    छन् । 

काठमाडौं महानगरपालिका-१३ ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गरी बस्ने अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पुर्‍याइ दिएको बताएपछि अमित कुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो । उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।