प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगीमा गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-६ ठुलापोखरी घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय अमर पाण्डे, अर्घाखाँची छत्रदेव गाउँपालिका-६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दुधपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका जरखुं बस्ने २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक सिरहा, सिरहा नगरपालिका-१९ घर भई हाल ललितपुर सानोगाँउ बस्ने २३ वर्षीय विवेक यादव, काठमाडौं महानगरपालिका-३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-३ अधेँरी घर भई हाल काठमाडौं कपन बस्ने २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहट चन्द्रपुर नगरपालिका- ४ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका-४ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका-५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय रामवचन कुमार यादव रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्ने बहानामा ३ सय देखि ५ सय रूपैयाँसम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको खुल्न आएको छ । साथै फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने र कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भइसकेको भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फाराम शुल्क असुल्ने गरेको खुल्न आएको छ । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।