अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट, ट्रामाडोल ९० क्याप्सुल र कोरेक्स २ बोतल सहित सप्तरी सिसुवा नगरपालिका-१ बस्ने १९ वर्षीय प्रदिप साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजदेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.०३-००१ ख ०७२३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-५ गणेशटार सुइटेखोलाबाट करिब ३१ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय धिरज राई र ५१ वर्षीय युवराज राई रहेका छन् । उक्त स्थानमा लागूऔषध कारोबार भइहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, गोजन्जोर गाउँपालिका-५ खनियाखर्कबाट करिब १ केजी ९ सय २४ ग्राम अवैध लागूऔषध सहित कमलामाई नगरपालिका-६ रातामाटा बस्ने १९ वर्षीय सन्दिप बर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.४ च ३२६८ नम्बरको बोलेरो गाडीलाई प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।