प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०७८-११-२६

  • A
  • A-
  • A+
Share

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली  नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय  रंगेली मोरङसँग आवश्यक समन्यव गरी पक्राउ गरेको हो । 

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।