प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी कार्यमा संलग्न ५ जना पक्राउ

२०७८-११-२७

  • A
  • A-
  • A+
Share

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका  २०  वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्‍वर बस्ने सखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका-६ घर भएका २० वर्षीय दिपेश मगर र गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन् । 

काठमाडौं महानगरपालिका-६ बौद्ध तथा गोकर्णेश्‍वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरण गर्दै आईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।  

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।