प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतीय नागरिकको हत्यामा संलग्न २ जना पक्राउ

२०७८-११-२७

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरी धाम नजिक डेरा गरी बस्ने भारत उत्तर प्रदेश सहेजापुर घर भएका ४२ वर्षीय कुलदीप गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँ बस्ने २० वर्षीय भुपेन्द्र बुढा रहेका   छन् । 

धनगढी उपमहानगरपालिका-५ केराबारीस्थित सडक किनाराको नालीमा गत सोमबार कुलदीप गुप्ताको शव फेला परेको सूचना प्राप्त हुनासाथ सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।  

धनगढी उपमहानगरपालिका-१ स्थित मिल्कि फन आइसक्रिमका सञ्चालकसँग फागुन २२ गते आइसक्रिम विक्री गरेको बापत १ हजार २ सय ४० रुपैयाँ बुझी हिँडेका कुलदीपसँग से.१ घ २८६६ नम्बरको अटोमा जाँदै गरेका राजेन्द्र र भुपेन्द्रको पार्कमोड नजिक भेट भएको थियो । कुलदीपलाई समेत अटोमा लिएर जाने क्रममा निजहरु बीच भाडाको बिषयमा विवाद हुँदा कुलदीपले गालीगलौज गर्न थालेपछि उनीहरूबीच हातपात हुँदा कुलदीप सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । तीनै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रिस आवेग थाम्न नसकी घटना भएको खुल्न आएको छ । 

उनीहरू उपर  ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।