प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालिकाको हत्या गरेको अभियोगमा २ जना पक्राउ

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

मोरङ, डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका-७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । 

शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट भएपछि केरा बगानमा गई गाँजा खाई अजयले बालिकाको घरमा गएर कोही नभएको मौकामा बालिकालाई बोकी बनमारा झाँडीमा ल्याएको, करणी गर्ने क्रममा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानी करणी गरेको र पछि मिथुनले समेत जबरजस्ती करणी गरी सोही स्थानमा छोडेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।