प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा पक्राउ

२०७८-११-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, मरिण गाउँपालिका-६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । साथै सोही चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका-९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । 

नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।