जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०६-१२
- A
- A-
- A+
काठमाडौं,२०७८ असोज १२ गते
३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका-१७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।