प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार