प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका-१३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका-३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका-६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ ठेगाना भएका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन् । 

काठमाडौं शंखमुलमा ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 

उनीहरुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।