प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ

२०७८-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन् । सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी  ईलाका प्रहरी  कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई १ थान एकनाले भरुबा बन्दुक र १ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक र लागूऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बन्दुक र गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।