प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०७८-१२-१३

  • A
  • A-
  • A+
Share

झापा, बिर्तामोड नगरपालिका-६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

बागलुङ, बागलुङ नगरपालिका-३ मुलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने  दिवसराज पन्त लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रेग्मीको घरमा कौडा (जुवा) खेलिरहेको भन्ने खबर  प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार रूपैयाँ र १६ थान कौडा  सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार