प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

२०७८-१२-१९

  • A
  • A-
  • A+
Share

सुनसरी, ईटहरी उपमहानगरपालिका-२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र  झापा कन्काइ नगरपालिका-८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् । 

ईटहरी उपमहानगरपालिका-२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो । 

 घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई ईटहरी उपमहानगरपालिका-२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका-६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।



सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।