प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली परीक्षार्थी बनि परीक्षा दिईरहेको अवस्थामा पक्राउ

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको   छ । 

पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका-४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका-१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका-५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन् । 

चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्रामर स्कुल लगायतका परीक्षा केन्द्रहरूबाट उनीहरूलाई परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेशपत्र र नेपाली नागरिकता सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूमध्ये अमर र अनिकेतलाई सिसिआरसि कलेज कुमारीपाटी ललितपुरबाट, राम आशिषलाई ग्रामर स्कुल कोटेश्वरबाट र ईस्तियाख अहमदलाई एम्बिसन कलेज मध्य बानेश्वरबाट पक्राउ गरेको हो । साथै सन्नी कुमार साहले ईस्तियाख अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाई आफू बाहिर बसिरहेको अवस्थामा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।