प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०७८-१२-२३

  • A
  • A-
  • A+
Share

भक्तपुर, चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट 

कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार