नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०६-१३
- A
- A-
- A+
नियन्त्रित लागूऔषध सहित पक्राउ
सिरहा, २०७८ असोज १३ गते
भगवानपुर गाउँपालिका-३ गैरसाहस्थित सडकबाट नियन्त्रित लागूऔषध ४० ट्याब्लेट नाईट्राभेट, २ एम्पुल फेनारगत, २ एम्पुल नोफिन र २ एम्पुल डाईजेपाम सहित सोही गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।