प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ४ जना पक्राउ

२०७९-०१-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३ र बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारको सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसबाट चितुवाको जस्तो देखिने २ थान छाला, चितुवाको टाउको जस्तो देखिने १ थान खप्पर र ४ थान मोबाइल सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका-७ झापा बस्ने ३५ वर्षीय बिष्णु सुनार, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने ओखलढुङ्गा खिजिघोम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय फुरी शेर्पा,  भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने धादिङ गजुरी गाउँपालिका-५ घर भएका २४ वर्षीय बिनोद श्रेष्ठ र ललितपुर पाटन बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भएका ३० वर्षीय बिकास पुर्कुटी रहेका छन् । 

उक्त गेष्ट हाउसमा दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र बोराले बेरी राखेको अवस्थामा उक्त छाला र खप्पर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।