विपद् व्यवस्थापन आधारभूत तालिम समापन
२०७८-०६-१७
- A
- A-
- A+
उदयपुर, २०७८ असोज १२ गते
त्रियुगा नगरपालिका-७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डिय्टीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।काठमाडौं, २०७८ असोज १७ गते
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखामा संचालित २२औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विपद् सम्बन्धि सिकेका विभिन्न सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको उद्देश्य पूरा हुने बताउदै उहाँले जुनसुकै बेलामा आइपर्ने विपद्बाट मानव जीवनको उद्दारका लागि सक्रिय हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चतर्भुज ओझाले ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।