प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रुपमा ल्याउँदै गरेको सामान सहित पक्राउ तथा बरामद

२०७९-०१-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापानीबाट अवैध रुपमा ल्याउँदै गरेको बिल नभएको करिब ६ लाख ८४ हजार रुपैयाँ बराबरको रजनीगन्धा सहित खोटाङ नेर्पा गाउँपालिका-६ बस्ने ३४ वर्षीय नवराज राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गाईघाटबाट काठमाडौंतर्फ जादै गरेको लु.अ.अ.भ.१८४७ नम्बरको ट्रकलाई हिरापानी चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त रजनीगन्धा सहित फेला पारी गाडी चालक राईलाई पक्राउ गरेको हो । उक्त रजनीगन्धा, गाडी र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएको छ । 

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-७ ज्यामिरेबाट करिब १० लाख २७ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न ईलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामानहरू मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०७७९ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाई ल्याएको उक्त सामान फेला पारी बरामद गरेको हो । उक्त सामानहरू भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ । 

सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय ३७ तोला बराबरको चाँदीको गरगहना सहित भारत मधुवनी पोष्ट रोगनीदेहहट टोल बस्ने २१ वर्षीय चन्दन कामतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गहना फेला पारी पक्राउ गरेको हो । 

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।