प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-०१-०८

  • A
  • A-
  • A+
Share

महोत्तरी, बर्दिबास नगरपालिका-१३ बिजलपुरा डाँडाटोल बस्ने २८ वर्षीय लालबाबु भण्डारीलाई १ थान पेस्तोल र १ थान मिसफायर भएको गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले पेस्तोल लिई बिबाहको गाडी तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरही र प्रहरी चौकी हात्तिलेटबाट खटिएको प्रहरीतर्फ लक्षित गरी भण्डारीले फायर गर्दा मिसफायर भएपछि तत्काल उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, दुधौली नगरपालिका-११ श्रीपुर गाउँ बस्ने ४५ वर्षीय दिल बहादुर राईको घरबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनको घरमा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार राईको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।