प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

२०७८-०६-१८

  • A
  • A-
  • A+
Share

कैलाली, २०७८ असोज १८ गते

    विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी कसूरमा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका-१ बस्ने बिनोद चौधरी, जबरजस्ती करणीको कसूरमा ३ वर्ष कैद सजाय ठहर भएका बर्दगोरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय अशोक चौधरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-१ बस्ने शत्रुजित जोशी रहेका छन् । उनीहरुलाई जिल्ला अदालत कैलाली पेश गरिएको छ ।

यसैगरी वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय २ जना किशोर, २९ वर्षीय कृष्ण राना र ३० वर्षीय बब्लु रानालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।