प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा पक्राउ

२०७९-०१-१४

  • A
  • A-
  • A+
Share

मोरङ, चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायत बस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनि औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ईलाज सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।