प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०७९-०१-१७

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व ), देवचुली नगरपालिका-१३ दलदलेस्थित बुलिङटार होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय केशर बहादुर अधिकारी लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार २ सय १० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार