प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सात थान भरुवा बन्दुक सहित चार जना पक्राउ

२०७९-०१-१८

  • A
  • A-
  • A+
Share

रुपन्देही, देवदह नगरपालिका-६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनबाट ७ थान भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने छर्रा १ सय २५ थान र  करिब २ सय ५० ग्राम बारुद सहित सोही नगरपालिका-६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना लगायत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

  उक्त वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी भलुही र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।