प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०१-२२

  • A
  • A-
  • A+
Share

मोरङ, अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका-८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका-१८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले २०७८ चैत ३० गते राति को.१ च ५३१८ नम्बरको पिकअप गाडीबाट १ सय २० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको घटनामा फरार रहेका गाडीका चालक राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी धरानबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।  

झापा, झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-५ ठेगाना भएका ४१ वर्षीय शुसान्त चौधरी भन्ने शुसान्त कर्मकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनराबेदन ईलामबाट भएको फैसला सर्बोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दामा ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी डाँका मुद्दाका फरार प्रतिवादी बुद्दशान्ति गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय अञ्जु तामाङ भन्ने अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०६८ माघ १५ गतेको फैसलाले डाका मुद्दामा ६ वर्ष कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।