प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

२०७९-०१-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्त काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० ठेगाना भएका २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दासलाई घटनाको ३ वर्षपछि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । 

काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँस्थित पेट्रोल पम्प नजिक महेश परियार, मनिष बाँनिया र सरोज सुन्दास समेतले २०७५ मंसिर ८ गते दिउँसो धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका सुन्दास नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई नैकापबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न महेश परियार र मनिष बाँनियालाई घटना भएको दिन नै काठमाडौं तारकेश्वर नगरपालिका-१ साङ्ला विहानी चोकबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौंको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् । 

सुन्दासलाई आवश्यक कारवाहीको लागि  जिल्ला अदालत काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।