प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७९-०१-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१७  क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार