प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ

२०७९-०१-२४

  • A
  • A-
  • A+
Share

सप्तरी, ज्यान सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी रुपनी गाउँपालिका-१ रुपनी चौक बस्ने ३८ वर्षीय मो.नाजिर भन्ने मो.नसिर मियाँलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

शम्भुनाथ नगरपालिका-१ खाडो खोला नजिक सार्वजनिक पोखरीमा २०७८ असोज ९ गते बिष्णुपुर गाउँपालिका-५ कट्टी गाउँ टोल बस्ने ५० वर्षीय राम सुन्दर महतोको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा मियाँ समेतले रामसुन्दर महतोलाई २०७८ असोज ८ गते दिउँसो घरबाट भोजमा खाना बनाउने बहानामा बोलाई हत्या गरेको खुल्न आएको हो । साथै वारदात मितिबाटै फरार रहेका मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बोदेबरसाईन नगरपालिका-५ बाट फेला पारी पक्राउ गरेको हो ।

साथै मो.नसिर मियाँ तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूहमा आवद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने, अवैध लागूऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार साथमा बोकी हिड्ने जनमानसमा डरत्रासको वातावरण सृजना गर्ने जस्ता अपराधिक समूहमा संलग्न रहेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।