प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

२०७९-०१-२४

  • A
  • A-
  • A+
Share

बारा, सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान-१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।