प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

२०७९-०१-२५

  • A
  • A-
  • A+
Share

ईलाम, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएको अवस्थामा एक्लै पारी सहचालकले जबरजस्ती करणी उद्योग गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२७

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने २३ वर्षीय लक्ष्मण पाठकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । डडेल्धुरा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-११ बस्ने २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय बले खाँडलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खाँडले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।