प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-०२-०४

  • A
  • A-
  • A+
Share

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट १ थान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाईप २ थान, रड र नक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् । दुवै जनाले हातहतियार बोकी गाउँघरमा हिडिरहेका भन्ने खबर प्राप्त हुनासाथ अस्थयी प्रहरी पोष्ट रतनपुर र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त हातहतियार फेला परेको हो । मुगु, खत्याड गाउँपालिका-७ स्थित रामतडी बजारबाट १ थान कटुवा पेस्तोल सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय अर्पन बानियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त रूपमा खटिएको टोलीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।