प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाह्रबोरको बन्दुक सहित पक्राउ

२०७९-०२-०६

  • A
  • A-
  • A+
Share

रौतहट, गरुडा नगरपालिका-१ बस्ने ४२ वर्षीय जयमंगल महतोलाई बाह्रबोरको बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त नगरपालिका-१ जयनगरस्थित आफ्नो घर अगाडि बन्दुक पडकाउँदा सोही नगरपालिका-१ जयनगर बस्ने शेख समसैदको छोरा १० वर्षीय मजसिर शेख समेत ३ जनालाई छर्रा लागि घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरूको स्थानीय संजिवनी अस्पताल शिवनगर रौतहटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।