नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०६-१५
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज १५ गते
चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध २ सय १० ट्याब्लेट नाईट्राभेट सहित सिरहा भगवानपुर नगरपालिका-२ बस्ने १९ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-००१ ख ०७२० नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार श्रवणलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।