प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७९-०२-१०

  • A
  • A-
  • A+
Share

ललितपुर,  महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेत समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार