प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ तथा बरामद

२०७९-०२-१४

  • A
  • A-
  • A+
Share

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ स्थित गोपाल टोलबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, १ थान म्याग्जिन र लागूऔषध जस्तो देखिने २३ एम्पुल सहित सोही ठाउँ बस्ने १९ वर्षीय धन बहादुर राई लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-४ रोक्दिनबाट जिर्ण अवस्थामा रहेको १ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने राम बहादुर श्रेष्ठको पुरानो घरमा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।