प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

 काठमाडौं, सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय राज भन्ने मिन बहादुर थापा, भारत हैदरबाद रङरिडी मन्द्रुनगर ठेगाना भएका ३३ वर्षीय फेनि कुमार जेट्टी, २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन् । 

ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरु बिक्री गर्नको लागि सामाजिक संजाल हाम्रो बजार डटकममा बिज्ञापन राखेकोमा उक्त सामान किन्नको लागि उक्त पेजमा क्रिस्टोफर पिलग्रिम नाम बताउने व्यक्तिले आफू युएसएमा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ, तपाईलाई कुरियर गरेको चार्ज एक्ट्रा ५ हजार दिन्छु भनि म्यासेज गरेकोमा पीडितको बैंक खाता नम्बर समेत लिई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैंक खातामा पठाएको छु भनि विश्वासमा पारी विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा उक्त ल्यापटप कुरियर गर्न लगाई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापाको नामको एनआइसि एसिया  बैंकको खातामा ७० हजार पठाउन लगाई उनीहरूले ठगी गरेको खुल्न आएको छ । उक्त कार्यमा संलग्न उनीहरूलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट भारतीय १ लाख ६५ हजार रूपैयाँ, क्यामेरा १ थान, विभिन्न कम्पनीका ल्यापटप ३ थान, विभिन्न कम्पनीका मोबाइल ९ थान, स्मार्ट वाच १ थान, गितार १ थान र बुद्धको मुर्ति १ थान प्रहरीले बरामद गरेको छ । 

उनीलाई उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।