प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०७९-०२-१८

  • A
  • A-
  • A+
Share

बैतडी, डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट २ वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  

वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।