प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

प्युठान, ऐरावती गाउँपालिका-१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १/१ थान भरुवा बन्दुक आ-आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।