प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुकाई छिपाई ल्याएको सुन सहित पक्राउ

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुन सहित उक्त कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ ठेगाना भएका २२ वर्षीया निर्मला घलान, काठमाडौं बुढानिलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चीन तिब्बत छेन्दु ठेगाना भएका २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-१० ठेगाना भएका ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुत रहेका छन् ।

दुवईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन सहित फेला पारी पक्राउ गरेको हो । सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको हो । साथै उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।