प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना गराई फरार रहेका चालक पक्राउ

२०७९-०२-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं,  सवारी दुर्घटना गराई फरार रहेका बा.१२ च ५६२ नम्बरको हात्ती गाडीका चालक काठमाडौं महानगरपालिका-१२ टेकु डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका ३३ वर्षीय कमल प्रसाद गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा रहेको डिभाइडरमा प्रदेश०२-०२१-प ६३३१ नम्बरको मोटरसाइकल २०७८ चैत २० गते साँझ ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-३ बस्ने २५ वर्षीया लक्ष्मी दर्नालको कलंकीस्थित नेपाल नेशनल अस्पतालमा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धानको क्रममा कमल प्रसाद गौतमले चलाएको हात्ती गाडीको समेत संलग्नता रहेको र सो घटनापश्‍चात गाडीका चालक फरार रहेको खुल्न आएको थियो । फरार रहेका कमलको खोजी गर्ने क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । 

उनी उपर सवारी ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।