प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०२-२५

  • A
  • A-
  • A+
Share

ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं धुम्बाराही बस्ने पाल्पा तिनाउ गाउँपालिका-३ घर भएका ४० वर्षीय जित बहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाइएको छ ।

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-१ घर भएका ३४ वर्षीय अमर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ६२ लाख ३३ हजार रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं माकलबारीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।  

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जडिबुटि बस्ने धनुषा लक्ष्मिनिया गाउँपालिका-२ बस्ने ३९ वर्षीय हसन साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा ९५ लाख रुपैयाँ विगो तोकी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।   





सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।