प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०२-२६

  • A
  • A-
  • A+
Share

ईलाम, देउमाई नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय शम्भु लिम्बु र माई  नगरपालिका-८ महमाई बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १-०३-००१ प १६५५ र को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीलाई देख्नासाथ भागेपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई पक्राउ गरेको हो । साथै को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ । 

मकवानपुर, अवैध लागूऔषध करिब १ ग्राम खैरो हेटोईन सहित पर्सा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ४८ वर्षीय डिजेन राजबंशीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम, १ थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, तराजु र नगद फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनीउपर गरिएको सोधपुछ तथा अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
२०८०-०२-१८

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
२०८०-०२-१८

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।