प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, कीर्तिपुर नगरपालिका-४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित समाचार