प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

रौतहट, ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबावु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुबीच लेन देनको विषयमा वादबिबाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी  मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।