प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल तथा नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९-०३-०१

  • A
  • A-
  • A+
Share

सुनसरी, बराहाक्षेत्र नगरपालिका-३  बस्ने १९ वर्षीय रोहित राईलाई १ थान कटुवा पेस्तोल, १ थान खोका, नियन्त्रित लागूऔषध १० थान डाईजापाम, १० ट्याब्लेट नाईट्रोजन, ३ हजार ३७५ पिस ट्रामाडोल र १ थान साइककल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।

कोशी गाउँपालिका-२ झाङ्गर टोलस्थित घरको बरण्डाको बाहिर रहेको खाटमा अपरिचित मान्छे सुतिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले रोहितलाई फेला पारी निजले प्रयोग गरेको साईकलबाट उक्त पेस्तोल तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।