प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न पाँच जना पक्राउ

२०७९-०३-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई असार १ गते प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ भई हाल ललितपुर सुनाकोठी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये महावीर, प्रेम प्रसाद र डासी मायालाई काठमाडौंको विभिन्न स्थान तथा गणेश बहादुर र बाबुरामलाई चितवन भरतपुरबाट पक्राउ परेका हुन् । 

विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्ता देवी लोहनीको कीर्तीपुर नगरपलिका-२ स्थित ३६१.९५ वर्गमिटर क्षेत्रफलको जग्गा शान्ता देवीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, निजको श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका-११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँ विक्री गरेको भन्ने वास्तविक जग्गा धनी शान्ता देवी लोहनीले केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजमा दरखास्त दिए पश्चात थप अनुसन्धानको क्रममा किर्ते गरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।  

साथै उनीहरुको साथबाट नेपाली नागरिकताको नक्कली प्रमाणपत्र ४ थान, नक्कली तारानिधी लोहनीको नामको जग्गाधनी प्रमाणपूर्जा १ थान लगायतका सामानहरू बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।