प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नाटकीय अपहरणमा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ

२०७९-०३-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो । 

घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो । 

उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।