प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कल बाइपास संचालन गरेको अभियोगमा पक्राउ

२०७९-०३-०८

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ । 

उनी उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।